|

कञ्चनपुर : जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र राखेको सबै अन्न खाइदिएपछि उनीहरु बिचल्लीमा परेका छन्।

हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाउनु परेको पीडित परिवारले बताएका छन्। तिहारकै बेला हात्तीको बथानले अन्न सबै खाइदिँदा र लगाउने, ओढ्ने बिछ्याउने कपडासमेत च्यात्चुत पारेपछि पीडित परिवार छिमेकीको शरणमा पुगेका छन्। 

दुवै परिवारको आर्थिक अवस्था दयनीय भएकाले छिमेकीले अन्न र आर्थिक सहयोग जुटाउनका लागि पहल थालेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.