|
Representative Photo

बैतडी : सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ।

कात्तिक शुक्ल पक्ष सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो। बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा र बझाङका विभिन्न मन्दिरमा जात्रा शुरु भएको हो।

यहाँका शक्तिपीठमा कात्तिक शुक्ल पक्षमा जात्रा तथा मेला लाग्छ। बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, पाटन नगरपालिकाको महारुद्र मन्दिर, शिवनाथ गाउँपालिकाको शिवनाथ मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ।

दार्चुलाको प्रसिद्ध मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चर्तुदशीका दिन भव्य जात्रा लाग्ने गर्दछ। बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, सुर्नयाको रौलेश्वरमा रहेको भवानी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ।

यसैगरी दार्चुलाको लेकम गाउँपालिकामा कात्तिक शुक्ल नवमीका दिन लटिनाथ मन्दिरमा भव्यरुपमा जयपुर जात्रा लाग्ने गरेको स्थानीयवासी गंगासागर जोशीले बताए। बैतडीको पुरचौडी नगरपालिकाको हाटस्थित त्रिवेणी धाम तथा राताशिला मन्दिरमा कात्तिक शुक्ल एकादशीका दिन जात्रा लाग्छ। सुदूरपश्चिममा लाग्ने जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेको स्थानीयबासी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.