|
File Photo ThahaKhabar

भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अभियान सफल पार्न सबैमा आह्वान गरेका छन्।

अध्यक्ष ओलीले निर्वाचनमा कहीँकतैबाट पनि व्यवधान आउन नदिन सचेत हुनुपर्नेमा जोड दिएका छन। शनिवार आफ्नै निवास बालकोटमा बहिनीहरु कौशल्या कोइराला र विष्णुमाया ढकाल तथा भान्जीहरु देवका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट भाईटीका ग्रहण गरेपछि संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै ‌ओलीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफल पार्न सबैमा आह्वान गरेका हुन्। अध्यक्ष ओलीले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने दायित्व पूरा गर्न सरकारको पनि ध्यानाकर्षण गराएका थिए।

अध्यक्ष ओलीले त्यस अवसरमा तिहार, आउँदै गरेको छठ पर्वको पनि शुभकामना दिए। उनले भाईटीकालाई आफूले दिदीबहिनीसँगको आत्मीयता साटासाट गर्ने पर्वको रुपमा लिने गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.