|
Photo : Goal.com

काठमाडौं : इंग्लिस प्रिमियर लिगको लिग लिडर म्यान्चेस्टर सिटीले आफ्नो अग्रता ५ अंकमा पुर्‍याएको छ। गएराति भएको खेलमा बर्नलीलाई ३-० ले पराजित गर्दै सिटी दोस्रो स्थानको म्यान्चेस्टर युनइटेडभन्दा ५ अंकले अघि पुगेको हो। युनाइटेड भने लिगको नवप्रवेशी हडर्सफिल्ड टाउनसँग २-१ ले पराजित भयो।

सिटीको जितमा सर्जियो एग्युरो, लियोरी साने र निकोलस ओटामेन्दीले १-१ गोल गरे। लिगमा ९ खेल खेलेको सिटी अपराजित छ। ८ खेलमा शतप्रतिशत ३ अंक जोडेको सिटीले एभर्टनसँग १-१ गोलको बराबरी खेलेको थियो।

गएराति नै भएको खेलमा हडर्सफिल्डले ६५ वर्षयता पहिलो पटक म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्‍यो। उसको जितमा एरोन मोए र लउरेन्ट डिपोट्रेले १-१ गोल गरे। युनाइटेडका लागि मार्कुस र्‍यासफोर्डले सान्त्वना गोल फर्काए।

यससँगै युनाइटेडको अपराजित यात्रामा ब्रेक लागेको छ। ९ खेलबाट २० अंक जोडेको युनाइटेड लिग लिडर सिटीभन्दा ५ अंकले पछि छ।

गएराति नै भएका अन्य खेलमा चेल्सीले वाटफोर्डलाई ४-२, न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई १-०, बर्निमाउथले स्टोक सिटीलाई २-१, लेस्टर सिटीले स्वान्सी सिटीलाई २-१ तथा साउथम्पटनले वेस्टब्रोमलाई १-० ले हराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.