|

बाँके : बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको जानकी गाउँपालिकाको गनापुरस्थित बागेश्वरी सिमेन्ट उद्योगमा एकजना कामदारको मृत्यु भएको हो।

उद्योगमा मेसिन जडान गर्ने क्रममा माथिल्लो तलाबाट मेसिन खस्दा नवलपरासीको परासी नगरपालिका–९ का २५ वर्षीय सन्दीप जुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। मेसिनमाथिबाट खस्दा गम्भीर घाइते जुवालको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए।

यसैबीच सडक दुर्घटनामा परी बाँकेमै एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको वैजनाथ गाउँपालिका–५ रङ्गिला चोकमा भे४प ६८६० नंको मोटरसाइकल राति १२ बजे दुर्घटना हुँदा दैलेख नारायणपुर–९ बासकोटका १९ वर्षीया मंगला सुनारको मृत्यु भएको छ। 

प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकल चालक वैजनाथ–५ का २७ वर्षीय सुजन रावत गम्भीर घाइते भएका छन्। घाइते सुनारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यसैबीच वैजनाथ गाउँपालिकाको रङ्गिला चोक नजिकै एकजना मृतावस्थामा फेल परेका छन्। मृतकको सनाखत हुन बाँकी रहेको छ। घटनास्थलतर्फ प्रहरीको टोली परिचालन गरिएको कोहलपुर प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.