|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेससँगको प्रजातान्त्रिक गठबन्धनबाट राणाले आइतबार उम्मेदवारी दर्ता गराएका हुन्। सो क्षेत्रबाट वाम गठबन्धनका *शेरबहादुर तामाङ उम्मेदवार बन्ने भएका छन्।

चुनावी प्रचारप्रसारका लागि राप्रपा प्रजातान्त्रिकले कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ।

आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी मुलुकको नयाँ संरचनानुसार गठन भएका प्रदेशमा चुनावीसभा गर्न लागिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए। यही कात्तिक मसान्तसम्म सम्पन्न गर्ने लक्ष राखिएको उक्त सभामा शीर्ष नेता तथा पार्टी पदाधिकारीले सम्बोधन गर्नेछन्।

पार्टीले आफ्नो सम्भावना भएका स्थानमा अरु दलको सहयोग लिने तथा सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने भएको छ।

*सच्याइएको

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.