|

गोरखा : केही दिनदेखि भाइरल फैलिएको गोरखाको धार्चे गाउँपालिका- ७ लापु गाउँमा चिकित्सकको टोली पुगको छ। ज्वरो, रुघाखोकी लगायतका विभिन्न लक्षण देखा परेर पहिचान हुन नसकेको रोगका कारण एक जनाको मृत्यु भइसकेको छ भने एकै गाउँका ५० जनाभन्दा धेरै बिरामी परेका छन्।

उक्त रागले लापुमा भाइरलको रुप लिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले स्वास्थ्यर्कीको टोली त्यहाँ पठाएको जनस्वास्थ्यका वरिष्ठ जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले जानकारी दिए। गत शनिबार ५० वर्षीया पनमानी गुरुङको ज्वरो तथा रुघाखोकीको कारण मृत्यु भएको थियो।

‘केही स्वास्थ्यकर्मी र औषधी लगेको टोली हिजो साँझ नै लापुगाउँ पुग्यो’, पराजुलीले भने, ‘आज डब्लुएचओका डाक्टर राजिव शेरचनको टोली पनि त्यहाँ गएको छ।’ के रोगको प्रकोप हो भन्ने पत्ता लगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले ल्याबको टोलीसमेत पठाएको बताइएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयले ५० जना बिरामी भएको बताए पनि रुघाखोकी र ज्वोरो आउने बिरामी भने प्राय: सबै घरमा रहेको वडाअध्यक्ष सूर्यमान गुरुङले जानकारी दिए। प्राय: सबै घरमा बिरामी परेकोले बिरामी बोकेर स्वास्थ्यचौकीसम्म लैजानसमेत समस्या भएको उनले बताए।
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.