|

गुल्मी : घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पम्फा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।

घाँस काट्न गएकी परियारको इस्माकोट भीरबाट लडेर मृत्यु भएको हो। घाइते अवस्थामा उद्धार गरी उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। परियारको आर्थिक अवस्था कमजोर रहेकाले पैसा उठाएर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी पठाइएको स्थानीय समाजसेवी नारायण पैयानीले जानकारी दिए।

जेसिबी दुर्घटनामा २ जना घाइते

यसैबीच बाटो खन्ने क्रममा जेसिबी दुर्घटना हुँदा २ जना घाइते भएको छन्। बिहीबार बिहान जिल्लाको छत्रकोट गाउँपालिकाअन्र्तगत वडा नम्बर ५ स्थित भगवत मानकोटदेखि हर्दिनेटातर्फको बाटो खन्ने क्रममा लु१क १२१० नम्बरको जेसिबी दुर्घटना भएको हो।

दुर्घटनामा जेसिबी चालक २३ वर्षीय तुलबहादुर नेपाली र सहचालक १५ वर्षका कोसुमन कुमाल घाइते भएको प्रहरीले जनाएको छ। टाउको र हातमा चोट लागेका चालकलाई उपचारका लागि पाल्पा पठाइएको छ। सहचालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। जेसिबी सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.