|

बैतडी : जिल्ला क्रिकेट संघ बैतडीमा सर्वसम्मत् नयाँ नेतृत्व चयन भएको छ। संघको बुधबार सम्पन्न सातौं जिल्ला अधिवेशनले लालबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लोकराज जोशी, सचिवमा शेरसिंह खत्री र कोषाध्यक्षमा खेमराज भट्ट छन्।

नेपाल क्रिकेट संघको संशोधित विधानअनुसार निर्वाचित नयाँ कार्यसमितिले ४ वर्ष जिम्मेवारी सम्हाल्ने छ। नेपाल क्रिकेट संघको बैतडी शाखा २०५५ सालमा स्थापना भएको थियो। चतुरबहादुर चन्द संस्थापक अध्यक्ष हुन्। उनले २ कार्यकाल जिम्मेवारी सम्हाले। त्यसपछि जयदेव जोशी र विनोदबहादुर चन्दले नितृत्व सम्हालिसकेका छन्। यस्तै रमेश बोहराले पनि २ कार्यकाल नेतृत्व सम्हाले।

नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले संघको राष्ट्रिय अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिमा चतुरबहादुर चन्दलाई नियुक्त गरेको छ। क्यानको विद्यामान विधानमा निर्वाचित केन्द्रीय पदाधिकारी स्वतः केन्द्रिय प्रतिनिधि हुने प्रावधान भए पनि चन्द आप्mनो जिल्लावाट भोटिङ राइटसहित केन्द्रीय प्रतिनिधि चुनिएका हुन्। बैठकले क्षेत्रीय अधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ। क्षेत्रीय प्रतिनिधिमा चयन हुनेहरुमा क्यानका पूर्व केन्द्रीय सदस्य जयदेव जोशी, पूर्वक्षेत्रीय सचिव तेजप्रकाश भट्ट, वसन्तप्रकाश विष्ट र तेजबहादुर चन्द छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.