|
Photo : Pabilnews.com

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकैबाट बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। गजुरी गाउँपालिका वडा नम्बर ५ बाङ्गेमोडबाट शनिबार बिहान करिब ६ बजे बस त्रिशुलीमा खस्दा १२ पुरुष र ७ महिला गरी १९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) ध्रुवराज राउतले जानकारी दिए।

'अधिकांश शव गोताखोरको सहयोगमा पानीमुनि रहेको बसबाट निकालिएको हो,' एसपी राउतले भने। मृतकहरुको शनाखत भइसकेको छैन। घाइतेहरुले केही मृतकलाई पहिचान गरे पनि अधिकांशको फोटो सप्तरीबाट मगाएर शनाखतको प्रयास भइरहेको उनको भनाइ छ। बस पानीको सतहबाट झण्डै ५ फिटमुनि रहेको प्रहरीले जनाएको छ। बेपत्ताहरुको खोजीमा गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ।

घाइते अवस्थामा उद्धार गरिएका १३ जनाको घादिङमै सामान्य उपचार भइरहेको छ। गम्भीर घाइते २ जनालाई राजधानीको ट्रमा सेन्टरमा ल्याइएको छ।

सप्तरीको राजबिराजबाट ना६ख १४६६ नम्बरको बसले हेटौंडासम्म ल्याएका यात्रुलाई हेटौंडाबाट काठमाडौंतर्फ ल्याउँदै गरेको ना६ख १४६७ नम्बरको बस दुर्घटनामा परेको हो। सो बस काठमाडौंबाट हेटौंडा पुगी त्यहीबाट काठमाडौंतर्फ फर्किएको पाइएको एसपी राउतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.