|

डडेल्धुरा : डडेल्धुरा सदरमुकामनजिकै अमरगढी नगरपालिका ७ मा अवस्थित प्राचिन, धार्मिक तथा ऐतिहासिक डाँडो ‘कस्या टाकुरो’को संरक्षण एवं सम्बद्र्धनका लागि पहल थालिएको छ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले अमरगढी नगरपालिकाभित्र रहेका सम्भावित पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गरिने राय राखेसँगै ‘कस्या टाकुरो’ लगायत अन्य पर्यटकीय स्थलहरुले स्थान पाउने भएका हुन्।

वर्षांैदेखि धार्मिक एवं प्राकृतिक दृष्यावलोकनका लागि डडेल्धुराकै सबैभन्दा अग्लो डाँडो कस्या मानीय पनि अहिलेसम्म राजनीतिक तवरबाट स्थान नपाउदा ओझेलमै थियो। पछिल्लो समयमा स्थानीयलगायत अमरगढी ७ को ब्राइट भिजन क्लबले कस्या टाकुरो (डाँडो) पर्यटकीय सम्भावना बोकेको स्थानका रुपमा आवाज उठाउँदै आएको थिायो।

कस्या डाँडो सदरमुकामभन्दा १२ किलो मिटर उत्तरतर्फ महाकाली राजमार्गसँगै जोडिएको छ। धार्मिक एवं दृष्यावलोकन र वनभोज स्थलका रुपमा विकसित गर्न सके वडालगायत नगरले आर्थिक लाभ लिन सक्ने ब्राइट भिजन क्लबले बारम्बार आवाज उठाउँदै आएपछि जनप्रतिनिधिको ध्यान तान्न सकेको अध्यक्ष दीपकराज भट्टराईले बताए।

‘वडा अध्यक्ष लगायत नगरप्रमुखले यस वर्ष नै प्राविधिक टोलीद्वारा अध्ययन गराई डाँडोको टुप्पोसम्म पुग्ने पैदल बाटो निर्माणका लागि आवश्यक पहल थालिने आश्वासन पाइएको छ’ उनले भने।

कस्या डाँडो माथिबाट डडेल्धुरा सदमुकाम अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउपालिकाको अधिकांस भू–भागको दृष्यावलोकन गर्न सकिन्छ। महाभारत पर्वत श्रृंखलालगायत डोटी, आछाम, बैतडी र भारतको भूभाग पनि देख्न सकिन्छ। कस्या डाँडोमाथि भ्युटावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सके आर्थिक लाभ लिन सकिने क्लबका अध्यक्ष भट्टराईको भनाइ छ।

कस्या डाँडोलाई धार्मिक एवं पर्यटकीय स्थलमा रुपमा विकास विकास गर्न आफू तत्पर रहेको अमरगढी नगरपालिका प्रमुख विश्वश्वरप्रसाद ओझा बताउँछन्। उनी भन्छन्, ‘डाँडोको धार्मिक महत्व पनि छ भन्ने सुनेको छु, धार्मिक संग संगै ऐतिहासिक र भ्यु टावरका रुपमा विकास गर्ने भन्ने योजना बनाइरहेका छौं।

यसका लागि स्थानीयहरुले पनि आवश्यक सहयोग पु¥याउन जरुरी छ।’ ‘केही दिनमा नै प्राविधिक खटाइ पैदल बाटो र डाँडामाथि रेलिङ निर्माणका लागि पहल थाल्ने प्रयासमा छु।’

कस्या डाँडाको यस्तो छ इतिहास

कस्या टाकुरोमाथि ठूलो मैदान रहेको र त्यो प्राचीनकालमा कुनै वंशले राज गरेको भनाइ सुनेको अमरगढी ७ का ५९ वर्षीय केशव भण्डारी बताउँछन्। उनले सुनेको आधारमा त्यहाँ एउटा बुढी महिला पछिसम्म बस्थिन रे तर यसको कुनै सत्यता छैन।

नत कुनै इतिहास छ न कुनै अभिलेख नै। अमरगढी नगरपालिका ६, ७ र ८ का बुढापाकाले सुनाउने कुराहरुका आधारमा कस्या टकुरोमा राजकोट थियो। हाल त्यहाँ कुनै कोट रहेको संरचना पनि छैन।

कस्या टाकुरोको इतिहांस २५ सय वर्ष भन्दा पनि पुरानो रहेको स्थानीय केशव भट्टराई बताउँछन्। गाउँ पुरिँदा त्यहाँ कैयाँैले ज्यान गुमाउनु परेकाले त्यस स्थानको नाम सुरुमा सबैको एकै ठाउमा भएको काल अथवा सुर्काल रहन गएको उनको भनाइ छ।

यससँगै डाँडोबाट करिब १५ सय मिटर तल ढुंगाको ओखल अहिले पनि देख्न सकिन्छ। त्यस स्थानलाई अहिले ओखलढुंगा भन्ने गरिन्छ। यसै ओखलढुंगाको पूर्वउत्तरमा डाडु खोला छ।

इतिहास केलाइ यथार्थ जानकारी गराउने गरी अभिलेख राख्न सके एवं दृष्यावलोकनको क्षेत्रका रुपमा सम्बद्र्धन गरी प्रबद्र्धन गर्न सके कस्या डाँडोलाई पर्यटकिय क्षेत्रका रुपमा छाटो समयमै विकसित गर्न सकिने स्थानीय जानकार बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.