|

पर्वतः पर्वतको कुश्मा नगरपालिका– ४ छमर्केस्थित घुम्तीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

मंगलबार साँझ ६ बजे कुश्माबाट बागलुङतर्पm जाँदै गरेको बसमा ठोकिएर स्कुटर चालक जलजला गाउँपालिका– ९ बनौँ घर भई कुश्मा नगरपालिका– ४ छमर्के बस्ने ३३ वर्षका धनवीर पुनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए। 

कुश्मातर्फ आउँदै गरेको ध१प ६५८६ नम्बरको स्कुटर ग१ख ५७८० नम्बरको बसमा ठोकिएको थियो। घुम्तीमा स्कुटर नियन्त्रणबाहिरको तीब्र गतिमा रहेका कारण बसमा ठोकिन पुगेको प्रहरीले बताएको छ। दुर्घटनालगत्तै घाइते भएका पुनलाई प्रहरीको भ्यानले उपचारका लागि जिल्ला अस्पताल पर्वतमा ल्याएको भए पनि केही समयमा नै उनको मृत्यु भएको थियो। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी जवान पूर्णबहादुर भण्डारीले जानकारी दिए। 

घटनाको आवश्यक अनुसन्धानका लागि बस र बसका चालक मकवानपुर हेटौँडा नगरपालिका– १५ का २७ वर्षका काजीमान पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.