|

काठमाडौं : ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ । उनी अन्तराष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै थुनामा छन्। उदय अपहरणलगायत फौजदारी मुद्दामा जेलमा परेका हुन्। त्यतिमात्र नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ ब्लकका जेलका नाइके टासी गुरुङको आदेश मान्नुपर्छ। टासी पनि अपहरण मुद्दामा परी जेल सजाय काटिरहेका कैदी हुन्।

ढुंगेलको पहिलो रात भुइँमै बित्नेछ। उनले सुत्नका लागि अरु कैदिसरह खाट पाएका छैनन्। बुधबार (आज) बाट भने उनले खाट पाउने कारागार कर्मचारी स्रोतले बताएको छ। उनलाई राखिएको ‘ख’ ब्लकमा १ सय २७ कैदीबन्दीका लागि एकल र संयुक्त खाटको व्यवस्था छ। ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउन नमिल्ने भएकाले मंगलबार उनी भुइँमै सुत्छन्’, कारागार स्रोतले भन्यो।

कारागारको ‘क’ ब्लकमा भने जग्गा व्यवसायी सुधिर बस्नेतदेखि भ्रष्टाचार मुद्दामा जेल परेका पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेम गुरुङसहित ४ सय ४८ कैदी छन्। दुवै ब्लकमा गरी ५७५ कैदी रहेकोमा नेता ढुंगेल ५७६औं कैदी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.