|
Photo : Goal.com

काठमाडौं : इंग्लिस जाइन्ट म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। 'समूह ए'अन्तर्गत घरेलु मैदानमा गएराति भएको खेलमा युनाइटेडले बेनफिकालाई २-० ले पराजित गर्‍यो।

जितसँगै ४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको बसेल र तेस्रो स्थानको सिएसकेए मस्कोले समान ६ अंक जोडेका छन्। दुबै टिमले बाँकी २ खेलबाट ६/६ अंक नै जोडेमा पनि कुल १२ अंक पुग्नेछ। गोल अन्तर युनाइटेडको राम्रो भएकाले उसले नकआउट चरणमा लगभग स्थान पक्का स्थान गरेको छ।

सोही समूहको अर्को खेलमा सिएसकेए मस्कोले बसेललाई २-१ ले पराजित गर्‍यो।

यस्तै इंग्लिस च्याम्पियन चेल्सी रोमासँग ३-० ले पराजित भएको छ। यससँगै चेल्सी समूहको दोस्रो स्थानमा झरेको छ। एउटा समूहबाट २ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। चेल्सीले अब २ खेल खेल्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.