|

उदयपुर :  उदयपुर वाम गठबन्धनद्वारा कार्यकर्तामा तीव्र असन्तुष्टिबीच बराबर सिट बाँडफाँड भएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एमाले वाम गठबन्धनले प्रदेसभामा ४ र प्रतिनिधिसभा २ मा आधा-आधा सिट बाँडफाँड गरेको हो।

गठबन्धनले प्रतिनिधिसभा माओवादी केन्द्रलाई एकसहित प्रतिनिधिसभासहित दुई प्रदेशसभा दिएको छ भने एमालेको भागमा पनि एक प्रतिनिधिसभासहित दुई प्रदेश लिएको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सुरेशकुमार राई हिमालले बताए। ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा एमालेले मञ्जु चौधरीलाई उम्मेदवार बनाएको छ,’ राईले भने, ‘प्रतिनिधिसभा २ बाट म आफँै उम्मेदवार बनेको छु।’

उनका अनुसार माओवादीमा तीव्र विवाद भएकाले प्रदेशमा मिलाउन समस्या भएको छ। ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा पर्ने कटारी नगरपालिका र ताप्ली गाउँपालिका प्रदेश एमालेको भागमा परेको छ। यसैगरी प्रतिनिधिसभा १ पर्ने सुनकोसी, रौतामाई र उदयपुरगढी गाँउपालिका माओवादीको भागमा परेको छ।

यता, प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ पर्ने त्रियुगा नगरपाकिला प्रदेश माओवादीलाई र बेलका चौदण्डी नगरपालिका प्रदेश एमालेको भागमा परेको जानकारी दिए। ‘प्रतिनिधिसभामा एमाले माओवादी केन्द्रले उम्मेदवारी टुंगो लागिसकेको छ,’ पुनः माओवादी केन्द्रका स्थायी समिति सदस्य राईले भने, ‘माओवादी केन्द्रमा तीव्र विवाद रहेकाले उम्मेदवारी दर्ता गरेपछि मात्र थाहा हुनेछ।’

दुवै पार्टीमा आकांक्षी भएकाले विवाद भएको माओवादी केन्द्र उदयपुरले जानकारी दिएको छ। माओवादी केन्द्रका जिल्ला सहसंयोजक जीवनकुमार कार्कीले दुवै पार्टी तीव्र असन्तुष्टिबीच टिकट बाँडफाँड गरेको बताए। ‘माओवादी केन्द्रका उच्च नेताहरुले वर्षौँ लगानी गर्दै आएका कार्यकताई पाखा लगाएको छ,’ उनले भने, ‘जसको भूगोल पर्दैन माओवादीले उसैलाई ल्याउने काम गरेको छ, यो गठबन्धन सफल हुन गाह्रो छ।’

एमाले भागमा परेको कटारी ताप्ली प्रदेशमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य झन्डकुमार राईले बागी हाल्ने सोचमा रहेको बताए। ‘मलाई माओवादीले वर्षाँैदेखि सम्बोधन गरेन,’ राईले भने, ‘अहिले बागीको तयारीमा साथीहरुसँग छलफल गरिरहेको छु।’

जिल्लामा माओवादीमा तीव्र असन्तुष्ट गरेको गुनासो गर्न थालेका छन्। ‘माओवादीमा तीव्र असन्तुष्ट आएको छ,’ पुनः माओवादीका स्थायी समिति सदस्य राईले भने, ‘बागीलाई सकेसम्म मिलाउने तयारीमा छु, मिलेन भने हारे पनि चुनाव लड्ने पक्षमा पुगेका छौँ।’ माओवादी स्रोतका अनुसार असन्तुष्ट हुने जिल्ला संयोजक विनोद कटुवाल दिवस, सहसंयोजक जीवनकुमार कार्की कुशल, केन्द्रीय सदस्य भीमबहादुर अधिकारी अनिल, नारायण बुर्जा मगर, दुर्गाबहादुर बुर्जा लगायतका धेरै असन्तुष्ट छन्।

‘मैले बेलुकासम्म मिलाएनन् भने एक नम्बर प्रदेशको प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट बागी हाल्ने तयारी गरेको छु’ नेता अधिकारीले भने, ‘त्यसको लागि अहिले एक नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रका साथीहरुसँग बसेर छलफलमा जुटेको छु।’ यता, जिल्ला संयोजकले कुनै प्रतिक्रिया दिन मानेका छैनन्। ‘मैले अहिले भन्न मिल्दैन,’ जिल्ला संयोजक कटुवालले भने, ‘बहुमत साथीहरुले जे भन्छन् त्यही मान्नुपर्ने हुन्छ।

दुवै पार्टीबाट अहिलेसम्म प्रदेशसभाका उम्मेदवारी टुंगो लागेका छैनन्। एमाले उदयपुरका जिल्ला अध्यक्ष ईश्वरमणि राउतले बाहिरी रुपमा विवाद नआएको बताए। ‘भित्रभित्रै भएको भए म जन्दिनँ,’ राउतले भने, ‘बाहिरी रुपमा केही आएको छैन।’

एमाले उदयपुरको स्रोतका अनुसार केन्द्रमा रहेको पार्टी अध्यक्ष खड्गप्रसाद ओली (केपी ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूले नपाएको क्षेत्रमा बागी उम्मेवारी दर्ता गर्ने तयारी गरेका छन्। ‘उदयपुरमा धेरै निर्वाचन क्षेत्र एमालेको हुनुपर्ने हो।’ एमाले उदयपुरका एक नेताले भने, ‘पार्टी केन्द्रको स्वार्थबमोजिम भएकाले कार्यकर्ताको हितमा छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यी माओवादी नेता तथा कार्यकर्ताले के भन्न खोजेका हुन्? जुनसुकै पार्टीका नेता हुन् गल्ती गर्नेलाई सम्बन्धित निकायमा उजुरी दिने अदालतमा मुद्दा दायर गर्ने किन छोड्ने ? मुद्दा हाल्छौ भन्दै किन बोल्दै हिड्ने? जो सुकै होस् कानुनी कठघरामा उभ्याउने ।गरेर देखाउने भनेर होइन ।