|

रूपन्देहीः ट्रकले ठक्कर दिँदा रूपन्देहीमा दुई विद्यार्थीको मृत्यु भएको छ। 

भैरहवा–परासी सडक खण्डको रोहणी गाउँपालिका– ३ छोटी रामनगरमा लु१ख ९३५१ नम्बरको ट्रकले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

साइकलमा घरतर्फ जाँदै गरेकी रोहणी गाउँपालिका– ३ की १२ वर्षकी सन्ध्या प्रजापति र सोही स्थानका १४ वर्षका मुनिलाल कहारको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। 

मृतक कहार युनिक स्कुल र प्रजापति रामनरेश माविका विद्यार्थी हुन्। ठक्करबाट साइकलको पछाडि सवार दुई जना सामान्य घाइते भएका छन्। 

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय धकधईको नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.