|

विराटनगर : प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर २१ गते हुने दास्रो चरणको निर्वाचनका लागि मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट ठूला दलका नेताहरुले मनोनयन सम्पन्न गरेका छन्।

बिहान १० बजेदेखि खुल्ला गरिएको मनोनयन दर्ताको तामझाम १२ बजेपछि सुरु भएको थियो। लोकतान्त्रिक र बाम गठबन्धनका लागि मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयले समय छुट्टयाएको थियो।

सोही अनुसार नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले मोरङ क्षेत्र नंम्बर १ बाट डिकबहादुर लिम्बू, २ बाट डाक्टर मिनेन्द्र रिजाल, ३ बाट सुनिल शर्मा, ४ बाट महेश आचार्य, ५ बाट अमृत अर्याल र ६ नम्बर निर्वाचन क्षेत्रबाट डा. शेखर कोइरालाले उम्मेद्वारी दर्ता गराएका छन्।

यस्तै बाम गठबन्धनको तर्फबाट १ बाट घनश्याम खतिवडा, २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल, ४ बाट अमनलाल मोदी, ५ बाट शिवकुमार मण्डल र ६ नम्बर निर्वाचन क्षेत्रबाट लालबाबु पण्डितले उम्मेद्वारी दर्ता गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.