|

दाङ : राप्रपा छाडेर केही समयअघि एमाले प्रवेश गरेकी कोमल वलीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी छन्। एमालेले टिकट नदिएपछि वली दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धामा उत्रिएकी हुन्।

एमालेले पूर्वप्रतिबद्धताअनुसार आफूलाई उम्मेदवार नबनाएकाले जनताको मागअनुसार उम्मेदवारी दिएको उनको भनाइ छ। 'मैले हिजो मात्रै मेरो नाम समानुपातिकबाट पनि झिकिएको जानकारी पाएँ,' उनले भनिन्, 'मेरा मतदाता र शुभेच्छुकहरुले अन्याय भयो उम्मेदवारी देऊ भनेपछि मैले स्वतन्त्र उम्मेदवारी दिएकी छु।' आफ्नो जित सुनिश्चित रहेको उनको जिकिर छ।

वलीको नाम एमालेले समानुपातिकतर्फ प्रदेशसभा सदस्यका लागि प्रारम्भिक सूचीमा राखेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.