|

पर्वत : आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय म्याग्दीले हातहातियार बुझाउन भनी दिएको निर्देशनको बेवास्ता भएको छ। विगतमा हतियारको प्रयोगले निर्वाचन सम्बन्धी गतिविधिलाई असर गरेपछि अवैध र इजाजत पत्रलिई हातहतियार राखेकालाई जिल्ला प्रशासन कार्यालयले कात्तिक १५ गतेभित्र हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पटक–पटक सूचना जारी गर्दासमेत हतियार बुझाउन अटेर गरेकाहरुलाई लक्षित गरी कात्तिक १५ गतेभित्र प्रहरीलाई बुझाउन अनुरोध गरिएको भए पनि निर्देशनको पालना नभएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताए। निर्वाचनलाई भयरहित, शान्तिपूर्ण बनाउन सबैको सहयोग आवश्यकता पर्ने भएकोले हतियारका बिषयमा कसैले उजुरी गरेमा इजाजतपत्र लिएकालाई समेत कानुनी समस्या हुनसक्ने उनको भनाइ छ। हतियार बुझाउन  अटेरी गरेपछि म्याग्दी प्रशासनले कडाई गर्ने चेतावनी दिएको छ।

म्याग्दीमा ८५ वटा इजाजतप्राप्त हतियार पाएका व्यक्ति छन्। त्यस्तै अवैध हतियारको संख्यासमेत धेरै रहेको बताइए पनि आधिकारीक तथ्याङ्क भने छैन। म्याग्दीका प्रहरी निरीक्षक सन्तोष रोकाका अनुसार दिइएको मितिभित्र ९ जनाले मात्र जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.