|

काठमाडौं: ‘जोगमाया चापागाईं गजल पुरस्कार– २०७४’ गजलकार कमल संघर्षलाई प्रदान गरिएको छ। जोगमाया चापागाईं प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित एक समारोहबीच उक्त पुरस्कार प्रदान गरिएको हो।

गत वर्ष रचना वाचन समूहले प्रकाशन गरेको संघर्षको गजलसंग्रह ‘सडक’का लागि २५ हजार रुपैयाँ राशिको पुरस्कार र ताम्रपत्र गजलकार ज्ञानुवाकर पौडेलले प्रदान गरेका हुन्।

हरेक वर्ष गजल लेखनमा सक्रिय एक जनालाई प्रदान गरिँदै आइएको यो पुरस्कार यस वर्षका लागि कमलको 'सडक' गजलकृतिलाई चयन गरिएको पुरस्कार संयोजन समितिका अध्यक्ष सुदामा चापागाईंले बताए।

कार्यक्रममा गजलकार कमलले आफ्ना एक दर्जन गजल पनि सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.