|

महोत्तरी: दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं.- ३ बाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका बजरङ्ग नेपालीलाई पार्टीले उम्मेदवारी फिर्ता लिन भनेपछि कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरलाई समर्थन गर्न भन्दै कांग्रेसले नेपालीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि कार्यकर्ताले असन्तुष्टि जनाएका हुन्।

नेपाली कांग्रेसलाई जिताउन र आफ्नो जीत सुनिश्चित गर्न आफूले उम्मेदवारी दिएको उनले बताए। उनले भने, ‘मैले उम्मेदवारी फिर्ता लिन दर्ता गरेको होइन। म जितेर देखाउँछु। उम्मेदवारी फिर्ता हुँदैन।’

केन्द्रले गरेको यो निर्णय पार्टी कार्यकर्ताको हितमा नभएको उनले बताए। पार्टीको यो निर्णयले स्थानीय कार्यकर्तामा निराशा छाएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.