|
Photo : BBC

काठमाडौं : अमेरिकाको टेक्सासमा एक बन्दुकधारीको आक्रमणमा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ। चर्चमा प्रार्थना चलिरहेका समयमा एक व्यक्तिले अन्दाधुन्द गोली चलाएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

घटनामा सयौं घाइते भएको बीबीसीले उल्लेख गरेको छ। सुरक्षा कारबाहीमा आक्रमणकारी पनि मारिएका छन्। अमेरिकी सञ्चार माध्यमका अनुसार आक्रमण स्थानीय समय अनुसार बिहान साढे ११ बजे भएको थियो। आक्रमणलगत्तै सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छन्। घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिएको छ।

टेक्सासका गर्भनर ग्रेग एर्बटले घटनाको निन्दा गरेका छन्। जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू घटनाबाट निकै दुःखी रहेको प्रतिक्रिया दिएका छन्। उनले जापानबाट घटनाका बारेमा भइरहेका अनुसन्धान हेरिरहेको पनि बताएका छन्। 

पछिल्लो समय अमेरिकामा यस किसिमका घटना भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.