निर्वाचन कार्यालयमा उजुरी

|

गोरखा :  नेपाली कांग्रेसका नेता तथा गोरखा क्षेत्र नं. १ को ख को प्रदेशसभा सदस्य उम्मेदवार राजेन्द्र बजगाईं आचारसंहिता विपरीत हेलिकोप्टर लिएर चुनाव क्षेत्रमा पुगेका छन्। बजगाईं सोमबार हेलिकोप्टर चार्टर गरी उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा चुनाव प्रचार प्रसारका लागि पुगेका हुन्। बजगाईंसँगै नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेशसभाका समानुपातिक तर्फमा उम्मेदवार हरि घले पनि गएका स्थानीयले टेलिफोनमा जानकारी दिएका छन्।

के छ आचारसंहितामा व्यवस्था?

निर्वाचन आचारसंहिता २०७२ अनुसार उम्मेदवारले हेलिकोप्टरको प्रयोग नै गर्न पाउँदैनन्। आचारसंहिताको दफा ५ को ख मा राजनीतिक दलले प्रचारको नाम उल्लेख गरेर अनुमति लिएमा मात्र हेलिकोप्टर प्रयोग गर्न पाउँछन्। आचार संहितामा भनिएको छ  :

निर्वाचन प्रचार प्रसारको लागि राजनीतिक दलले आफ्नो तर्फबाट तीनजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर प्रयोग गर्न सक्ने,

चुनाव प्रचारका क्रममा प्रदेशसभाका उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुईवटा चार पांग्रे सवारी साधन र चारवटा मोटरसाइकल प्रयोग गर्न पाउनेछन्। यदि गाडी नचल्ने ठाउँ भएमा दुईवटा घोडा प्रयोग गर्न सक्नेछन्। यस सम्बन्धी व्यवस्था निर्वाचन आचारसंहिता २०७२ को दफा ५ (ख) को (२) मा गरिएको छ। त्यसमा भनिएको छ :

बजगाईंले जिल्ला सुरक्षा समितिलाई समेत थाहा नदिई चुनावी कार्यक्रम गरेका हुन्। ‘हामीले उम्मेदवारहरुलाई आफ्नो कार्यक्रम कहाँ हुँदैछ भन्ने विषयमा जानकारी गराउन आग्रह गरेका छौँ। गर्दै पनि आउनु भएको थियो’ जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ‘उत्तरी क्षेत्रमा उहाँको कार्यक्रम भयो रे। केही जानकारी छैन। हामीले विहानदेखि टेलिफोन सम्पर्क गर्न पनि खोज्यौँ सम्पर्क भएको छैन।’

बजगाईंविरुद्ध उजुरी

बजगाईंविरुद्ध सोमबार नै माओवादी केन्द्र र नेकपा एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उजुरी समेत दिएका छन्। ‘हेलिकोप्टर लिएर जानका लागि अनुमति लिइएको छैन’ मुख्य निर्वाचन अधिकृतको बसन्तराज पौडेलले भने ‘निर्वाचन आयोगमा सोध्दा समेत अनुमति नलिइएको भन्ने जानकारी आयो। माओवादी केन्द्र र एमालेले हेलिकोप्टर लिएर गई चुनाव प्रचार गरेको भनेर उजुरी पनि परेको छ, हामी उमेद्वारज्यू सँगै लिखित नै सोध्ने तयारीमा छौं।’ बजगाईं आसन्न प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार रामशरण बस्नेतसँग प्रतिस्पर्धा गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.