इलाम : माई भ्याली गोल्डकपको चौथो संस्करण अन्तरगत अन्तिम प्रि–क्वाटरफाइनल खेलमा आइतबार नेपाल पुलिस क्लबले पाहुनाटोली दुर्गापुर स्टिल...
इलाम : काठमाडौंमा कात्तिक २२ गतेदेखि हुने ५०अौं राष्ट्रिय कराते प्रतियोगितामा इलामका ३ जना खेलाडी सहभागी हुने भएका छन् । ५० केजी तौल समूहमा प्रिती बस्नेत, ८४ केजीमा भेषराज राई र ८४ केजीमाथिमा दिपेश क्षेत्री सोमबार धरानमा भएको क्षेत्रीय छनोट प्रतियोगितामा जित्दै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको सितोरियो कराते संघ इलामका अध्यक्ष योगेश चाम्लिङले जानकारी दिए।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ) गरी सात टोलीका एक सय ८४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। तीन दिनसम्म चल्ने प्रतियोगितामा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ प्रतियोगिताका उत्कृष्ट २३ खेलाडी राष्ट्रिय टोलीका लागि छनोट हुनेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।