|

बागलुङ : मध्यपहाडी लोकमार्गको बागलुङ खण्डस्थित बडीगाड गाउँपालिका–२ मा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा परी पाँचजना घाइते भएका छन्। रमाइलो मेलाका सामग्री बाकेर ग्वालीचौरतर्फ हिँडेको ना ३ ख ३७८५ नंको ट्रक लब्धीखोला पुल नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनाका घाइतेको तत्काल उद्धारपश्चात् स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा भारत घर बताउने ६२ वर्षीय कालीचरण काश्यप, दिल्लीका २३ वर्षीय अकबर खान, ३६ वर्षीय राहुल खान, उत्तर प्रदेशका ३२ वर्षीय पंकज कुमार र ४० वर्षीय इमरान खान रहेका छन्।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ । बीच सडकमै ट्रक पल्टेपछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ग्वालीचौरमा हुन लागेको न्वागी मेलामा राखिने पिङलगायतका सामग्री बोकेको ट्रक दुर्घटनामा परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.