|

दार्चुला : मालिकार्जुन गाउँपालिकाबाट कञ्चनपुर जिल्लाको महेन्द्रनगर तर्फ जादै गरेको जिप दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।

घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी नायव निरिक्षक गम्भीरसिंह पुजाराले जानकारी दिए।

घाइतेमध्ये पुष्पा धामीको अविस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। उनलाई थप उपचारका लागि कैलालीको पद्मा अस्पताल रिफर गरिएको छ। त्यस्तै एक घाइते वृद्धा र चालक जनकसिंह धामीलाई पनि रिफर गरिएको छ।

जिपमा १२ जना यात्रु सवार थिए। जसमध्ये ६ पुरुष, ४ महिला र २ बालबालीका रहेका छन्।

स्थानीय बजार ग्वानीमा नकजिकै ब्रेक फेल भएर जिप नालीमा परेको  थियो। दुर्घटनाबारे थप विवरण लिइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.