|

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले मतदाताहरुको स्वतन्त्रतापूर्वक मतदान गर्ने अधिकारको सम्मान गर्दै सुरक्षा व्यवस्थाका साथै आवश्यक वातावरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

प्रदेश नम्बर २ को जनकपुरमा गृह मन्त्रालयद्वारा आयोजित सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक व्यक्तिले आफूले रोजेको पार्टी, दल र उम्मेदवारलाई निर्वाध रुपमा मत हाल्न पाउने अधिकारको संरक्षण गर्न पाउनुनपर्ने वातावरण बनाउन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

२१ मसिंरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी गृह मन्त्रालयले बुधबार जनकपुरमा आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगले समेत स्थानीय निकायको निर्वाचनमा निर्वाचन आयोगको खेलेको भूमिकाको प्रशंसा गर्दै भयरहित वातावरणमा निष्पक्ष तवरले निर्वाचन सम्पन्न गराउने अभिारा पूरा गर्न सरकारले निर्वाचन आयोग सम्पूर्ण सहयोग गर्न कटिबद्ध रहेको बताए।

गृह मन्त्रीको जिम्मेवारीसेमत निर्वाह गर्दै आएका प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनको दिशामा दुवै तहको निर्वाचन महत्वपूर्ण रहेको हुनाले निर्वाध रुपमा मतदान गर्न मतदाताहरुसँग आग्रह गर्दै संघीय लोकतान्त्रिक गठबन्धनलाई स्थायी प्रदान गर्न निर्वाचन अति महत्वपूर्ण भएकोले निर्वाचन सबैले सफल बनाउन आग्रह गरे।

 उनले भने,  ‘प्रजातान्त्रिक मूल्य मान्यताअनुरुप जनतालाई सर्वसम्पन्न बनाउन आजको प्रमुख आवश्यकता भनेकै निर्वाचन हो। निर्वाचन भयो भने मात्र जनता नेपालका प्रत्येक नागरिक सार्वभौम सम्पन्न व्यक्ति हुन सक्छ।’ सुरक्षा गोष्ठीमा पूर्वसप्तरीदेखि पश्चिम पर्सा सम्मका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरुको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.