|

सुर्खेत : वीरेन्द्रनगर–३ जुम्लारोडस्थित एक पुस्तक पसलमा आगलागी हुँदा सवा २ करोड रुपैयाँ बराबरको क्षति भएको भएको छ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश ६ का महासचिव भानुभक्त बरालको जयलक्ष्मी इन्टरप्राइजेज पुस्तक पसलमाआगलागी हुँदा सवा २ करोडको क्षति भएको हो।

गएराति २ बजेर ३५ मिनेटमा पुस्तक पसलबाट सुरू भएको आगो सँगैको रोशन ड्रग हाउसमा पनि लागेको थियो। दमकल र प्रहरीको सक्रियतामा बिहान ५ बजे अागो नियन्त्रणमा अाएको सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जानकारी दिए।

रोशन ड्रग हाउसको क्षतिको विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.