|

डडेल्धुरा : मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता खतरामा पारेको आरोप लगाएका छन्। डडेल्धुरा सदरमुकाममा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले देउवा अंगीकृत नागरिकलाई वंशज नागरिकसरह अधिकार दिनुपर्ने मागका साथ अगाडि बढिरहेको बताएका हुन्। उनले प्रधानमन्त्री भारतको इशारामा चलिरहेको आरोप पनि लगाए।

‘प्रजातान्त्रिक दिशामा त देउवाको बारम्बारको प्रतिगमनको इतिहास छँदै छ’ उनले भने, राष्ट्रियताको विषयमा पनि उनले एउटा गम्भीर प्रकारको षड्यन्त्र रच्दै आएका छन्।’ उनले अहिलेको स्थितिमा नेपाली कांग्रेसलाई पराजित गर्नुपर्ने जिकिर गरे। देउवाले यसपटक पनि चुनाव जिते देश नै खतरामा पर्ने उनको भनाइ छ।

विभिन्न समयमा कांग्रेससँग आफ्नो पार्टीको कार्यगत एकता भएको उनले सुनाए। उनले शेरबहादुरको नीति बेग्लै हुँदा देउवाले देशको राष्ट्रियता खतरा पार्न खोजिरहेको आरोप लगाए। देउवाले राष्ट्रलाई प्रतिगमनको दिशातिर उन्मुख गराइरहेको उनको तर्क छ। सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबमा राप्रपा र नेपाली कांग्रेस हिन्दू राष्ट्र बनाउने पक्षमा रहेको समेत आरोप लगाए।

‘राप्रपा हिन्दू राष्ट्र हुनुपर्छ भनेर ठूलो प्रयत्न गरिरहेको छ’ महामन्त्री सिंहले भने, नेपाली कांग्रेसभित्र पनि ठूलो सर्कल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा छ।’ उनीहरुको हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने प्रमुख उद्देश्य राजा पुनःस्र्थापन गराउन भएको उनको दाबी छ। उनले अहिलेको वाम गठबन्धनसँग पनि आफ्नो पार्टीको ठूलो मतभेद रहेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.