|
फाइल फोटो

सोलुखुम्बु : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार पूर्वी पहाडी जिल्लाको भ्रमणमा थिए। संखुवासभाबाट पाँचथर हुँदै सोलुखुम्बु पुगेका देउवाले ती जिल्लामा चुनावी सभालाई संबोधन गरे। सोलुखुम्बुको दूधकौशिका गाउँपालिका ५ जुबुमा आयोजित चुनावी सभामा भने उनले जम्मा ४५ सेकेन्ड संवोधन गरे।

बेलुका साढे चार बजे आइपुगेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा सोलुखुम्बुका उम्मेदवार बलबहादुर केसीको भाषण सुने। केसीले सोलुखुम्बुमा आफूले चुनाव जित्ने विश्वास दिलाए। उनले जिल्लामा सल्लेरी जोरबौता हुँदै महाकुलुङ जोड्ने सडकको तत्काल ट्र्याक खोल्नुपर्ने र सल्लेरीबाट सगरमाथा क्षेत्रमा जाने सडक दुई वर्षभित्र ट्र्याक खोल्नुपर्ने माग प्रधानमन्त्री देउवासमक्ष गरे।

कार्यक्रममा प्रधानमन्त्री देउवासँगै आएका कांग्रेस नेता वालकृष्ण खाँडले भने मन्तव्य राखेनन्। केसीपछि संबोधन गरेका देउवाले समय अभावको कारण देखाउँदै जम्मा ४५ सेकेण्डमात्रै संवोधन गरे। उनले भने  'म सँग समय छैन। तपाईहरु रुखमा भोट हाल्नुस्, कांग्रेसलाई जिताउनुस्, तपाईहरुको सबै माग पूरा हुन्छ।'

नेपाली सेनाको हेलिकोप्टरमा आएका उनी कार्यक्रममा जम्माजम्मी १५ मिनेटमात्र बसे। उनी शनिबार लुक्लामा नै बास बसेका छन्। प्रधानमन्त्री देउवासहितको टोली लुक्लाको खुम्बु रिसोर्ट होटलमा बसेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.