|

काठमाडौं : माघ ४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'पिंजडा ब्याक अगेन'को गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश 'तिमी पनि आधा म पनि आधा' बोलको गीत सार्वजनिक गरिएको हो। उक्त गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् भने अर्जुन र अन्जु पन्तको स्वर दिएका छन्।

सुन्दर लोकेसन देखिएको भिडियोमा फिल्मका मुख्य कलाकार निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ छन्। रामजी लामिछानेको करियोग्राफी रहेको उक्त भिडियोलाई सौरभ लामाले खिचेका हुन्।

'ओम साई मौला कालीका सिने आर्टस्' र 'ओम साई भक्त मुभिज'को संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई हिमाल केसीले निर्देशन गरेका छन्। मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा निखिल र साराका अलवा पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुसाग्र भट्टराईको अभिनय रहेको छ। वसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता रहेको उक्त फिल्ममा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्रीको लगानी रहेको छ।

हेर्नुहोस् गीत

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.