समाज : सुरक्षा/अपराध

वीरगंजमा २ सय ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ
SHARES

कात्तिक २६, २०७४

    वीरगंजः वीरगंज महानगरपालिका– १६ रजतजयन्ती चोकबाट आइतबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले २०० ग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। 

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको लागू औषध नियन्त्रण व्युरो टोलीले चेकजाँचको क्रममा रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा पर्साको मधुवन मथलौव– ६ बस्ने पुष्पलाल साह कानु र सिमरा उपमहानगरपालिका– ४ बस्ने सुमित तामाङलाई नाइट्रोभेट नर्फिन र खैरो हिरोइन २०० ग्राम, सेतो हिरोइन पाँच ग्राम गरी झण्डै दुई लाख रुपैयाँ मूल्य बराबरकोे लागू औषधसहित पक्राउ गरिएको जनाइएको छ। 

    पक्राउ परेकाहरूलाई आइतबार नै प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ। अभियुक्तहरूलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]