|

काठमाडौं : सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) सँग गरेको सम्झौता खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीजीजीसीसँग गरिएको सम्झौता अनियमित र हचुवा भएको भन्दै खारेज गरेको हो।

'मन्त्रिपरिषद बैठकको निर्णयबारे उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले आफ्नो ट्विटरमा लेखेका छन् 'अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढी गण्डकी जलविद्युत आयोजनाको समझौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ।'

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उर्जामन्त्री जनार्दन शर्माले सीजीजीसीसँग बुढीगण्डकी निर्माणबारे सम्झौता गरेका थिए। सरकारले ग्लोबल टेण्डर आह्वान गरी आयोजना निर्माण गर्ने जिम्मा दिनुपर्नेमा अनियमित ढंगले आयोजना चिनियाँ कम्पनीलाई दिएकोमा विभिन्न राजनीतिक दल र संसदीय समितिहरुले पनि सम्झौता खारेज गर्नुपर्ने माग गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.