|

काठमाडौ: कोरियन गाडी निर्माता कम्पनी हुण्डाइको ‘द नेक्स्ट जेन भर्ना' नेपाली बजारमा ल्याइएको छ। भर्नाको ५ औं जेनेरेसनको सेडान कार द नेक्स्ट हुण्डाइको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल्स् प्रालिले सोमबार सार्जनिक गरेको हो।

६ कलरमा उपलव्ध यस कार मूल्य ४२ लाख ९६ हजार देखि ४६ लाख ९६ हजारसम्म तोकिएको छ। यो कार विश्वको ६६ देशमा बिक्री वितरण भइरहेको र हालसम्म ८८ लाख युनिट बिक्री भएको कम्पनीको दाबी छ।

सेफ्टीको लागि यसमा २ वटा एयरब्याग जडान भएको यसकारमा कोर्निङ ल्याम्प, फ्रन्ट प्रोजेक्टर फग ल्याम्प, एबिएस र उत्कृष्ट अडियो कनेक्टीभिटी रहेको छ।

फोटोमा द नेक्स्ट जेन भर्ना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.