राजनीति

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
SHARES

कात्तिक २९, २०७४

    अबुधावी : राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा. अमाल अल कुबैसीले भेटवार्ता गरेका छन्। भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख भएकोमा डा. अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा ७० प्रतिशत तथा राजनीतिमा ३० प्रतिशत स्थान महिलाले प्राप्त गरेकोमा प्रशंसा गरेको राष्ट्रपतिका विकास मामिलाका स्वकीय सचिव डा. विमला राई पौड्यालले बताइन्।

    राष्ट्रपति भण्डारीले नेपालमा पनि संविधानअनुसार प्रतिनिधिसभा तथा प्रादेशिकसभा निर्वाचनमार्फत संघीय संरचना कार्यान्वयन भएपछि महिलाले निर्णय गर्ने स्थानको ४० प्रतिशत भाग ओगट्ने उल्लेख गरेको स्वकीय सचिव राईले जानकारी दिइन्।

    सो अवसरमा युएईका सभामुख डा. अल कुबैसीले पनि राष्ट्रपति भण्डारी प्रथम नेपाली महिला राष्ट्रपति भएकोमा बधाई दिँदै यस भ्रमणबाट दुई मुलुकबीच सहयोगको क्षेत्र अझै विस्तार हुँदै जाने विश्वास व्यक्त गरे। भेटवार्तामा आपूर्ति मन्त्री जयन्त चन्द पनि उपस्थित थिए।

    सो अवसरमा युएईका अन्य केही सांसदहरूको पनि उपस्थिति थियो भने नेपालका लागि युएईका राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनका साथै राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]