|
फाइल फोटो

देवानन्द न्यौपाने-

     कैलाली (लम्की) : प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा कम्युनिस्टहरुको गठबन्धनले एकदलीय शासन लाद्‍न खोजेको आरोप लगाएका छन्। बुधबार कैलालीको लम्कीमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ ले आयोजना गरेको कार्यकर्ता  भेटघाट  तथा  पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।

    प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायकवाद बीचको लडाइँ भएको बताए। प्रधानमन्त्री देउवाले वाम गठबन्धनको नाममा  कम्युनिस्टहरुले  नेपाली जनतालाई अन्धकारतिर धकेल्न खोजेको समेत आरोप लगाए। यो निर्वाचनले देशलाई कता लैजाने भन्ने निर्णय गर्ने भएकाले जनता चनाखो हुनुपर्नेमा उनको जोड थियो।

    हेलिकोप्टरबाट लम्की पुगेका  प्रधानमन्त्री देउवाले नेपालको इतिहासमा प्रजातन्त्रको रक्षाको लागि  नेपाली कांगे्रेसले ठूलो भूमिका खेलेको भन्दै आमसुदू्रपश्चिमका जनताले  लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आव्हनसमेत गरे।

    देउवाले जनतालाई डर धम्की र त्रासमा पार्ने कम्युनिस्टहरु एकातिर र देशमा शान्ति र स्थायित्व चाहने लोकतान्त्रिक गठबन्धन एकातिर  रहेकाले जनताले शान्ति र स्थायित्व चाहने लोकतान्त्रिक गठबन्धनलाइ नै अत्यधिक मतले विजय गराउने विश्वास व्यक्त गरे।

    मंगलबारदेखि  प्रदेश नम्बर ५ को बर्दिया, बाँकेमा भएका विभिन्न चुनावीसभा सम्बोधन गर्दैै कैलाली पुगेका देउवाले सुदूरपश्चिमको विकासको लागि आफैँ सधैँ लागिपरेको र सुदूरपश्चिमका जनताका हरेक समस्याको आफू विज्ञ रहेको बताए।

    उनले  कैलाली जिल्लाको महेन्द्रराजमार्गम २२ वटा पुल आफू सरकारमा रहेका बेला बनाएको र विभिन्न शिक्षा स्वास्थ्य  लगाएतका समस्या समाधानका लागि कांग्रेसले  महत्वपूर्ण भूमिका खेलेको सुनाए।  

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.