|

दमकः सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ।  झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा बुधबार भएको खेलमा पाहुना टोली भारतको डायमण्ड अफ एकाडेमी मध्यप्रदेशलाई ४–० को गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

पहिलो हाफको ३१औं मिनेटमा हेड मार्फत रुकबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एपीएफले प्रहार गरेका दर्जनभन्दा बढी प्रहार एकाडेमीका गोल रक्षक अभिजित रोयले विफल बनाइदिएका थिए। पाहुना टोली हाफ टाइमपछि  सम्हालिन नसक्दा थप ३ गोल खान पुग्यो।

दोस्रो हाफमा एकतर्फी देखिएको खेलमा ६४औं मिनेटमा श्याम नेपाली, ७३ औं मिनेटमा रञ्जन विष्टले गोल गरे। थपिएको समयमा नविन लामाले थप १ गोल गर्दै आफ्नो टीमको जीत सुनिश्चित गराएका थिए। खेलको म्यान अफ द म्याच एपीएफका  रुकबहादुर लामा भए। उनले नगद १० हजार प्राप्त गरे। 

बिहिबारको खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लबविरुद्ध चर्च ब्वाइज काठमाडौंबीच हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.