|

चितवन : आर्थिक अभावले तीन वर्ष बित्दासमेत मृगौलाको प्रत्यारोपण गर्न नसकेका चितवनको भरतपुरका एकजना मृगौला रोगीलाई इजरायलबाट १ लाख ८० हजार सहयोग प्राप्त भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको उपचारका लागि यसरी सहयोग प्राप्त भएको हो। दुवै मृगौलाले कामगर्न छाडेको ३ वर्ष बित्दासमेत आर्थिक अभावका कारण उनको मृगौला प्रत्यारोपण हुन सकेको थिएन।

गुरुङको उपचारका लागि इजरायलमा बस्ने भरतपुर– ११ भोजाडका कमल गुरुङल १ लाख ८० हजार सहयोग गरेका हुन्। भएको जग्गा बेचेर लाखौं ऋण लागिसक्दासमेत मृगौला प्रत्यारोपण गर्न नसकेको बताए। रोगको पहिचान र डाइलासिसमा ठूलो रकम खर्च भएकाले आर्थिक अभाव हुँदा प्रत्यारोपणमा समस्या भएको उनी बताउँछन्।

सुगर र प्रेसरको समेत रोग भएका गुरुङले पैसा नभएपछि सहयोगको याचना गर्दै आएका छन्। सुरुमा चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गरेका उनले काठमाडौंको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गराए। पछि राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंमा उपचारको क्रममा डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएका थिए। सरकारले मृगौलाको डाइलोसिस निशुल्क गर्ने व्यवस्था मिलाए पनि डाइलोसिस गर्न लाग्ने औषधी खर्च  जोहो गर्नसमेत धौधौ भएको उनी बताउँछन्।

श्रीमानको उपचार गर्नको लागि भएको ७ धुर जग्गा पनि बिक्री गर्नुपरेको श्रीमती गंगामायाले बता बताइन्। उपचारको लागि करिब ३० लाख रुपैयाँ लाग्ने गंगामायाले उनी बताउँछिन्। गंगामायाले श्रीमानलाई आफ्ने मृगौला दिन लागेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.