|

रोल्पा : रोल्पामा माओवादी नेताहरु सवार गाडीलाई लक्षित गरी वम विस्फोट भएको छ। रोल्पा नगरपालिका १ भदौरे भन्ने ठाउँमा वाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा जाँदै गर्दा माओवादी नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती र कुलप्रसाद केसी चढेको गाडी नजिकै वम विस्फोट भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए। दिउँसो १ बजेर २ मिनेटमा पड्किएको वमबाट कुनै क्षति भएको छैन।

उक्त कार्यक्रममा सहभागी हुन नेता कृष्णबहादुर महरा चढेको गाडी सबैभन्दा अगाडि, त्यसपछि निवर्तमान सभामुख ओनसरी घर्ती चढेको गाडी र त्यसपछि माओवादी नेता कुलप्रसाद केसी चढेको गाडी थियो। नेता केसी चढेको गाडी नजिकैको कान्लामा बम पड्किएकाले गाडिमा क्षति नभएको भट्टराईले बताए।

वम सामान्य रहेकाले विस्फोटबाट कुनै क्षति भएको छैन। 'अस्तीदेखि नै जारी रहेको छ। हामीले व्यापक प्रहरी परिचालन गरेका छौं, कुन समूह हो पहिचान भएको छैन, जिम्मेवारी कसैले लिएको छैन। नेकपाको आशंका गरे पनि उसले जिम्मेवारी लिएको छैन' प्रमुख जिल्ला अधिकारी भट्टराईले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.