|
फाइल फोटो

दार्चुलाः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले दार्चुला खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै मतदातालाई मात्रै नभएर उम्मेदवारहरूलाई समेत आश्वासन बाँडेका छन्।

उनले नेपाली कांग्रेसलाई जिताएम समानुपातिक उम्मेदवार दिलेन्द्रप्रशाद बडूलाई मन्त्री बनाउने र नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापतिलाई राष्ट्रियसभा सदस्य बनाउने बताएका हुन्।

यति मात्रै नभएर प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार बिक्रमसिंह धामी पुराना कार्यकर्ता भएको र धेरै दुःख पाएकाले सहानुभूतिका लागि भए पनि निर्वाचित गर्न मतदातालाई आग्रह गरे।

नेपाली कांग्रेसले जितेपछि लोकतन्त्र बलियो हुने र जनता डर र त्रासबाट मुक्त हुने बताउँदै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले नेपाली कांग्रेसले जिते जिल्लाका मार्मा र दुहुँ क्षेत्रलाई पिछडिएको क्षेत्र घोषणा गर्ने, तिंकर सडक निर्माण गर्ने, महाकाली नदीमाथि दुई ठाउँमा पुल निर्माण गर्ने आश्वासन पनि दिएका छन्।

वाम गठबन्धन ज्यान लिनेहरूको गठबन्धनः महर
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले वाम गठबन्धन ज्यान लिनेहरूको गठबन्धन भएको आरोप लगाएका छन्।

‘०२८ सालमा झापामा ओलीले ज्यान लिने काम गरे। प्रचण्डले १७ हजारको ज्यान लिए। अहिले आएर उनीहरूले गठबन्धन बनाएका छन्’, महरले भने, ‘यो गठबन्धन कम्युनिस्ट निंकुशता लाद्न बनाइएको हो।’

दार्चुला सदरमुकाममा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै विद्यार्थी नेता महरले नेपालमा सम्पन्न हरेक परिवर्तन कांग्रेसको नेतृत्वमा भएको र सुदूरपश्चिम विश्वविद्यालयका दुई क्याम्पसहरूलाई समेत आंगिक बनाउने काम नेपाली कांग्रेसले गरेकाले यस निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.