|

जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिन अश्वीकार गरेका छन्।
लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगावेलाई बुधबार बिहान सेनाले नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको थियो।

तत्काल कुनै प्रतिक्रिया नदिएका राष्ट्रपति मुगावेले बिहीबार साँझ पदबाट राजीनामा नदिने घोषणा गरेका हुन्। उनलाई सेनाले राजीनामा दिन भनेको थियो।

राष्ट्रपति मुगावेले सैनिक हस्तक्षेपका बारेमा भने प्रतिक्रिया दिएका छैनन्। मुगावेले राजिनामा दिन नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा भने विभिन्न प्रतिक्रियाहरु आइरहेका छन्।

जिम्बावेको सेनाले देशको सम्पूर्ण शासनसत्ता हातमा लिएको छ। मुगावेका उत्तराधिकारी कसलाई बनाउने भन्ने विवाद भने जारी छ।

मुगावेका दूत र सेनाप्रमुखबीच वार्ता भइरहेको बताइएको छ। वार्ताको विषयमा केही नखुलाइए पनि मुगावेका उत्तराधिकारीका बारेमा सेनाले छलफल गर्न खोजेको तर मुगावेले सत्ता छोड्न अस्वीकार गरेको बताइएको छ।

जिम्बावेको विपक्षी दलका नेताले भने मुगावेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन। सेनाले देशमा नियन्त्रण कायम गरेको भएपनि राजनीतिक दलहरुले विरोधका कार्यक्रमहरु गरेका छैनन्।

अफ्रिकी मुलुकहरुका विदेशमीन्त्रीहरुको बैठकले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.