|
फोटो : म्यान्चेस्टर सिटीको फेसबुक पेज

काठमाडौं : लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा ८ अंकको अग्रता कायमै राखेको छ। यसक्रममा सिटीले गएराति भएको खेलमा लेस्टर सिटीलाई २-० ले पराजित गर्‍यो। सिटीको जितमा गाब्रियल जेसस र केभिन डिब्रुएनेले १-१ गोल गरे। जितसँगै सिटीको १२ खेलबाट ३४ अंक पुगेको छ।

गएराति नै भएको खेलमा न्युक्यासललाई ४-१ ले पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले अंक तालिकाको दोस्रो स्थान सुरक्षित राखेको छ। सिटीसँग समान खेल खेलेको युनाइटेडको २६ अंक छ।

अन्य खेलमा आर्सनलले टोटनह्याम हट्सपरलाई २-०, बर्निमाउथले हडर्सफिल्डलाई ४-०, बर्नलीले स्वान्सीलाई २-०, लिभरपुलले साउथम्पटनलाई ३-० र चेल्सीले वेस्टब्रोमलाई ४-० ले पराजित गरेका छन्। क्रिस्टल प्यालेस र एभर्टनले भने २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.