|

काठमाडौं : प्रचण्डपुत्र नारायण दाहालको निधन पश्चात चुनावी अभियान छाडेर माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश नर्भिक अस्पताल आइपुगेका छन्। गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका नेता श्रेष्ठ बिहान करिब साढे ११ बजे नर्भिक अस्पताल आइपुगेका हुन्।

यस्तै प्रकाश दाहालको निधनप्रति नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले शोक व्यक्त गरेका छन्। उनले ट्विटरमार्फत प्रचण्ड र सीता दाहालका छोरा प्रकाशको निधनले आफू मर्माहत भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदन व्यक्त गरेका छन्।

चुनावी अभियानका क्रममा गोरखाको हर्मीमा रहेका भट्टराई आइतबार विहान दाहालको निधनको खबर पाएपछि काठमाडौं फर्किएका उनका स्वकीय सचिव विश्वदीप पाण्डेले बताए।

उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले पनि दाहालको निधनले स्तब्ध भएको उल्लेख गरेका छन्। ट्वीटरमा उनले लेखेका छन् 'पूर्वप्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु। व्यक्तिगतरुपमा उनी असल मानिस थिए। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु।प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन्। हार्दिक समवेदना।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Sad news... For all nepalis.. Waha ko aatma lai shanti pardan garnu..