|

डडेल्धुराः नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिकतर्फका उम्मेदवार जगत पार्की कांग्रेसमा प्रवेश गरेका छन्। 

आइतबार कांग्रेसले आलिताल गाउँपालिकाका– ४ घरेलुमा आयोजना गरेको चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्कीलाई कांग्रेसमा स्वागत गरेका हुन्। देउवाले कांग्रेसको सदस्यता लिएर र टीका लगाएर प्रवेश गरेका हुन्।

पार्की यसअघिको स्थानीय तहको निर्वाचनमा आलिताल गाउँपालिकाबाट अध्यक्ष पदमा चुनाव लडेका थिए। उनी कांग्रेस उम्मेदवार बलबहादुर गुरुङसँग पराजित भएका थिए। 

पार्कीसँगै माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य जनकराज कलौनी र लक्ष्मी उपे्रतीलगायत एक सयभन्दा बढी कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका छन्। कम्युस्टिहरूले सपना मात्रै बाँड्ने गरेको आरोप लगाउँदै माओवादी पार्टी परित्याग गरेको पार्कीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.