|

अनु आचार्य-

    रसुवा : रसुवाको उत्तरगया गाउँपालिका-५ लहरेपौवामा अज्ञात समूहले राखेको सुतली बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। प्रतिनिधिसभाका लागि कांग्रेस उम्मेदवार मोहन आचार्यको घरनजिकै सोमबार बिहान अज्ञात समूहले राखेको बम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले डिस्पोज गरेको हो।

    निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बिहान ७ बजे बम राखिएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.