|

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन उनीहरुलाई पक्राउ गरिएको शर्माले बताए। विप्लवका कार्यकर्ताको गतिविधि नजिकबाट नियालिरहेको र उनीहरुलाई पक्राउ गरिने उनले बताए। निर्वाचन विरोधी गतिविधि गर्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई मतदातालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै आएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.