|

रुपन्देही : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्जसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पाल्पाका ईन्चार्ज पार्वती विक, पाल्पाकै सेक्रेटरी भुवन जीसीलाई ईलाका प्रहरी कार्यालय बुटवलले सोमबार बुटवलबाट पक्राउ गरेको हो।

त्यसअघि प्रहरीले रंगLलाल बानियाँ, उमाकान्त दुलाल, कुमार घर्ती र नरबहादुर शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी गराएका छन्।

बानियाँलाई रुपन्देहीको गंगोलियाबाट र अन्य ३ जनालाई बुटवलको गोलपार्कबाट पक्राउ गरेको प्रहरीले बताएको छ। गोलपार्कमा ओक्स बम राखेर नास्ता खाना पाल्ला रोडमा रहेको एक रेष्टुरेण्टमा छिरेका पाल्ला जिल्लाका ईन्चार्ज बिक,  र सेक्रेटरी जीसीलाई  प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ।

पक्राउ परेकाहरुको थप अनुसन्धान अगाडि बढाइएको प्रनाउ भट्टराईले बताए। यस्तै केही दिनअघि नेकपाका रुपन्देही जिल्ला सदस्य विक्रम यादव, मुकेश तिवारी र कृष्ण क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। यादवलाई लुम्बिनीबाट, तिवारीलाई छपिया र क्षेत्रीलाई बुटवल क्षेत्रबाट पक्राउ गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.