|

कालिकोट : निवाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका सदस्य २९ वर्षीय जगदिशनाथ योगी र साधारण सदस्य कालीबहादुर महतारालाई पक्राउ गरेको छ।

कालिकोटबाट प्रकाशन हुने जनप्रभात साप्ताहिकका महतारा प्रकाशक हुन् भने योगी त्यसका सह–सम्पादक हुन्। पत्रकार योगीलाई नेकपाले जारी गरेको प्रेस विज्ञप्ति सामाजिक सञ्जाल फेसवुकमा सेयर गरेको आरोपमा गिरफ्तार गरिएको हो भने महतारालाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

चुनाव विरोधी गतिवधिमा संलग्न व्याक्तिको पोष्टलाई सेयर लाइक गर्ने जो कोहीलाई पनि गिरफ्तार गर्ने कालीकोटका प्रहरी प्रमुख डिएसपी सुवासचन्द्र वोहराले बताए। ‘निर्वाचन विरोधी गतिविधि गर्ने जो कोहीलाई पनि प्रहरीले समात्न सक्छ’ उनले भने, ‘उनीहरुलाई त्यसै आरोपमा पक्राउ गरिएको हो। पत्रकार हुन भनेर हैन।’

पत्रकारलाई गैर न्यायिक गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाको टोलीले मंसिर ५ गते विहान प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख डिएसपीको ध्यानाकर्षण गरेको छ।   

त्यस्तै, मंसिर ४ गते नेकपाका कार्यकर्ताहरुले कालिकोट जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको घरमा कालो झण्डा गाडेका छन्। वाम गठवन्धनका तर्फवाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दुर्गबहादुर रावत प्रदेशसभा उम्मेदवार कर्मराज शाही, महेन्द्रबहादुर शाहीको घरमा कालो झण्डा राखेका हुन्।

यस्तै कांग्रेस नेतृत्वका लोकतान्त्रिक गठवन्धनका उम्मेदवार भुपेन्द्रजंग शाही, प्रदेश सभाका कालीबहादुर सहकारी र टेकराज शाहीको घरमा पनि कालोझण्डा राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.