|

काठमाडौं : जनवादी कलाकार खुशीराम पाख्रिनको मंगलबार निधन भएको छ। चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको शोकसभामा गीत गाउँदागाउँदै हृदयघात भएका उनको उपचारका क्रममा निधन भएको योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए।

हृदयघात भएपछि ७० बर्षीय पाख्रिनलाई उपचारका लागि नारायणगढको नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो। अस्पतालले भने उनको निधनको जानकारी दिइसकेको छैन। पाख्रिन माओवादी केन्द्रका नेता तथा पूर्वसभासद समेत हुन्। उनको अन्त्येष्टि भोली बुधबार गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.