|

काठमाडौं : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन– ३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाललाई जिताउन खटिएका छिन्। प्रतिनिभिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो।

उनका बाबु माणिक लामा भने निर्वाचन भाँड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माणिक सो समूहको ‘ताम्सालिङ स्वायत्त नसरकार प्रमुख र राष्ट्रिय तामाङ मुक्ति मोर्चाका प्रमुख हुन्।

यसैगरी वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार झक्कु सुवेदीका छोरा सन्ताष रोल्पामा निर्वाचनविरोधी गतिविधिमा संलग्न छन्। उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। उनी कात्तिक २२ देखि रोल्पा प्रहरी हिरासतमा छन्। प्रहरीले उनलाई रोल्पा जिल्ला इञ्चार्ज दलबहादुर खत्रीसँगै पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.